भैरहवा । बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पदको दुरुपयोग गरेर निर्वाचनमा होमिएको प्रदेश अध्यक्ष उदयले आरोप लगाएका छन् ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सभा सदस्य निर्वाचन प्रचार प्रसार कार्यलय वडा नम्बर १२ को भैरहवामा उद्घाटन कार्यक्रममा बोल्दै उनले गृहमन्त्री आफैँ प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार भएर चरमरुपमा पदीय दुरुपयोग गरेको बताए । चुनाव प्रचारका लागि सादा पोसाकका दर्जन भन्दा बढी प्रहरी परिचालन गर्नु, उनीहरूको स्रोत साधन प्रयोग गर्नु पदिय दुरुपयोग हो ।
उम्मेदवार हुँदा अन्य उम्मेदवार जस्तै सेवा सुविधा लिनुपर्छ । उदयले भने, ‘आफैँ उम्मेदवार भएपछि सरकारी सेवालाई दुरुपयोग गरेर जनतालाई दुस्ख दिन मिल्दैन ।’
सत्तारुढ गठबन्धनको सरकारले ब्यापारीलाई निरन्तर दुस्ख दिएको, ब्यापारी सामु बैंकको ब्याजदर घटाइदिने आश्वासन दिएको तर नीतिगतरुपमा ब्याजदर बढाउँदै गएको आरोप लगाए । नेता उदयले गृहमन्त्री खाँणले स्थानीयसँग मत माग्ने बाहानामा गौतमबुद्ध बिमानस्थलमा जागिर लगाइदिने आस्वासन दिएर भोट मागेको तर भएको अन्तर्राष्ट्रिय उडानमा कटौति गरेको बताए ।
आफ्नो नाम नबताउने सर्तमा एक जना प्रहरी भन्छन्, सारै दुखः भयो बिहानैदेखि गृहमन्त्रीको सुरक्षा भन्दै माथिबाट खटिनका लागि आदेश आउँछ । कहिले सिभिलमा कहिले बर्दिमा दिनरात खटिन परेको उनले बताए ।
विकासलाई भौतिक र सामाजिक दुबै किसीमले अगाडी बढाउने राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहराले क्षेत्रको विकासका लागि एडिबी, कृषि, बिमानस्थलको स्तर बृद्धि,बिषेश आर्थिक क्षेत्र सेज, सिँचाइ,शिक्षामा विभिन्न कार्यक्रम ल्याएको बताउँदै बाँकि रहेका केही काम निरन्तरता दिनेमा प्रयासरत रहेको बताए ।
हामीले गरेका प्रयास र दीर्घकालिन योजनालाई थप व्यवस्थित गर्नेगरी हामीले आफ्ना योजना अगाडी सार्ने उनले बताए ।