मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

 हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

शुक्रबार, कार्तिक ११ २०७९

बारा । बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए ।

जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी तिमिल्सेनाले जानकारी दिए ।

घटनास्थल अमलेखगन्ज आयल निगमको पछाडी भागमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पर्छ ।