मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

यस्तो छ आजको मौसमी पूर्वानुमान

बिहिबार, कार्तिक १० २०७९

काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज आज तिहारको पाँचौ दिन भाइटीकाका दिन पनि देशका केही स्थानमा पानी पर्न सक्ने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ । 

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।