काठमाडौँ – मन्त्रिपरिषदकाे २०७९ असाेज २८ गते बसेकाे बैठकले चुनावी अस्थायी गठबन्धन सरकारले अन्य तत्काल र दीर्घकालमा असर पर्ने विभिन्न चाैध निर्णय गर्नुका साथै नेपाली सेनाका जर्नेल, कर्णेलहरूकाे म्याद थप, बढुवा र पदस्थापना गर्ने निर्णय समेत गरेकाे जानकारी गठबन्धन सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषदकाे २०७९ असाेज २८ गतेकाे निर्णय अनुसार, नेपाली सेना, सहायक रथी विजय थापाकाे म्याद २०८० साल असाेज १ गतेसम्मका लागि थप गिरएकाे छ ।
नेपाली सेना, सैनिक साधारण सेवाका महासेनानी(१८२५), राजेन्द्र प्रसाद सुनुवारलाई अवकास हुने मितिभन्दा एक महिना अगाडिदेखि लागू हुने गरी साेही सेवाकाे सहायक रथी दर्जामा विशेष बढुवा गर्ने निर्णय समेत गरिएकाे छ ।
नेपाली सेना, सैनिक हवाई सेवा, पाइलट समूहका प्रमुख सेनानीहरू सुवास खड्का, शंकर कटुवाल, रतन श्रेष्ठ र दीपध्वज खड्का चार पाइलटलाई महासेनानी दर्जामा कार्यबाहक बढुवा गरी पदस्थापना गर्ने निर्णय पनि गरिएकाे छ ।