शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

मंगलबार, असोज २५ २०७९

काठमाडौं, काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट महोत्तरी घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने १८ वर्षीय किशोर लगायत चार जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ५५ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बस्ने ३० वर्षीय सन्तोष लिम्बुको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ६ सय मिलिग्राम र नगद ३२ हजार ४ सय रूपैयाँ सहित सन्तोष लिम्बु समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट ७ ग्राम ६३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कैलाली कैलारी गाउँपालिका–११ बस्ने ३० वर्षीय राजु चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।