शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली सेनाद्वारा पहिरोमा फसेका व्यक्तिको उद्धार

मंगलबार, असोज २५ २०७९

काठमाडौँ – नेपाली सेनाद्वारा पहिरोमा फसेका व्यक्तिको उद्धार गरेको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोमा परि ढुङ्गाले लागि घाइते भएका सुर्खेत निवासी वर्ष ४२ का दिपक वि.क.लाई नेपाली सेनाले उद्धार गरेको हो ।

सेनाको उद्धार टोलीले आईतबार नेपाली सेनाको अगष्टा हेलिकप्टरद्वारा उद्धार गरी काठमाण्डौं ल्याएको छ । साथै, निजको अवस्था हाल सामान्य रहेको समेत नेपाली सेनाले जनाएको छ ।