शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

खानीखोलाका प्रहरी हाकिमले महिला प्रहरीमाथि जबरजस्ती करणी….

सोमबार, असोज १७ २०७९

काठमाडौँ – महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक अपूर्व ढुंगानामाथि मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालय धादिङमा आजै मुद्दा दर्ता भएको हो । उनी फूलपातीको दिन बिहान कार्यालयबाटै पक्राउ परेका थिए । पीडित महिला प्रहरीको उजुरीको आधारमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका उपरिक्षक राकेश सिंहले बताए ।

शनिवार बिहान करिव एक बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको बताइएको छ । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । उनी १० महिनादेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए ।

पक्राउ परेका प्रहरी निरिक्षक ढुंगानामाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।