शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आफ्नो पालामा ल्याइएको रेलमा सरर (तस्वीर)

आइतबार, असोज ९ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पालामा ल्याइएको रेल चढ्नुभएको छ ।

नेपालीलाई रेल र पानीजहाजको सपना देखाएको आरोप खेप्ने गरेका ओली शनिवार आफ्नै सरकारका पालामा किनिएको र पुनः सन्चालनमा ल्याइएको रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुगेका थिए । उनीसँगै  एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतो र  अरु नेता पनि रेल चढेरै कार्यक्रमस्थल पुगेका थिए ।

जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका उनले त्यहाँ रेलको टिकट काटेर पार्टी प्रवेश कार्यक्रमतर्फ गएका थिए। 

धनुषा क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरिया लोसपा त्यागेर एमाले प्रवेश गर्ने कार्यक्रमका लागि ओली दुई साताभित्रै दोस्रोपटक जनकपुर पुगेका हुन् ।

2.jpg

3.jpg

4.jpg

5.jpg