शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्र प्रहरीको एआइजीमा दाहाल सिफारिस

शुक्रबार, असोज ७ २०७९

काठमाडौँ – डिआइजी बंशी दाहाल सशस्त्र प्रहरी बलको एआइजीमा बढुवा सिफारिस भएका छन् । हालै थप गरेको एआइजी पदमा उनको सिफारिस भएको हो ।

बिहीबार बसेको बढुवा समितिले उनको सिफारिस गरेको हो । अर्का डिआइजी किशोर प्रधान पनि बढुवाको प्रतिस्पर्धामा थिए ।

एआइजी बढुवासँगै उनी भावी आइजिपीको दाबेदार हुनेछन् । हालका एआइजी नारायणदत्त पौडेलसँगै दाहाल प्रतिस्पर्धामा हुनेछन् । त्यसैका लागि एआइजीको दरबन्दी थप गरिएको थियो ।