बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पद सकिएको भोलिपल्ट जसपाकी निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

मंगलबार, असोज ४ २०७९

काठमाडौँ – जसपाकी निवर्तमान सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्।

सांसदको पद सकिएको भोलिपल्ट आइतबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर अग्रहरीले पार्टी प्रवेश गरेकी हुन्।

agrahari-1-1024x768.jpg

उनी जसपाको सामानुपातिक तर्फकी सांसद थिइन्। अग्रहरी नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य हुन्। २०४६ सालमा सद्भावना स्थापना हुँदा उनी पनि एक थिइन्।