काठमाडौँ : दलहरूले धमाधम निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउँदै गर्दा आयोग परिसर जलमग्न भएको छ । समानुपातिक उम्मेदवारतर्फको बन्द सूची पेस गर्ने क्रममा परेको मुसलधारे वर्षापछि बन्द सूचीको कार्यतालिका प्रभावित बनेको बताइएको छ ।
बन्द सूचीका लागि रसिद काट्ने समयमा मुसलधारे वर्षा भएपछि सो कार्य रोकिएको हो । त्यसपछि वैकल्पिक व्यवस्थासहित बन्द सूचीको कार्य अघि बढाइएको जानकारी दिइएको छ । आयोग परिसरमा पानी जमेर ताल बनेपछि आउजाउमा समस्या भएको छ ।
साढे ४ बजेसम्म नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत ३० दलले आगामी संघ र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाई सकेका छन् । नेपाली काँग्रेस र नेकपा एमाले लगायतले बन्द सूची बुझाउन बाँकी छँदा वर्षाले अप्ठेरो पारेको हो ।मानविकी विषयमा स्नातक पुरा गरेका सुवेदीले नेपाली पर्यटन प्रवर्द्धनार्थ ४० भन्दा बढी देशहरूको भ्रमण गरिसकेका छन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट सम्मानित भइसेका छन् ।
मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ९९८ जनालाई उनीहरुको योगदानको कदरस्वरुप विभिन्न तहका मानपदवी, अलंकार र पदक प्रदान गरेको छ ।
संविधान दिवसका अवसरमा घोषित मानपदवी राष्ट्रपतिबाट हस्तान्तरण हुने चलन छ । सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न यसपालि पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई दिइएको छ ।