काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वाेच्च अदालत फर्किन लागेका हुन् ।
सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।
महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राति १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् ।