शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रभु क्यापिटलका हितग्राहीलाई अफर : गोल्ड जिममा विशेष छुट

बिहिबार, भाद्र २३ २०७९

काठमाडौँ : प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले Beyond Fit Private Limited (Gold’s Gym) सँग सम्झौता गरेको हो ।

भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।  एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले Bill Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सक्नेछन् ।