बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बन्दकर्ताद्वारा कोटेश्वरमा बस तोडफोड

मंगलबार, भाद्र ७ २०७९

काठमाडौँ – बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।

बिहान साढे ६ बजे ५ जना बन्दकर्ताको समूहले एक्कासी महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेका हुन् ।

कोटेश्वरबाट बालकुमारीतर्फ गइरहेको उक्त बसमाथि ढुंगा प्रहार गरी सिसा फुटाएर भागेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

उनीहरूको खोजि भइरहेको मैनालीले बताए ।