बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बिहानै बन्दकर्ताले दाङमा टिप्पर जलाए

मंगलबार, भाद्र ७ २०७९

काठमाडौँ – दाङमा बन्दकर्ताले बिहानै टिप्परमा आगजनी भएको छ । घाेराहीबाट लमहीतर्फ जाँदै गरेकाे रा १ ख १६९४ नम्बरको टिप्परमा बबई खोलाको पुल नजिकै आगजनी गरेका हुन्।

प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनीका कारण टिप्परकाे अघिल्लो भाग जलेर नष्ट भएको छ। घटनास्थलमा प्रहरी पुगेकाे र आगजनीमा संलग्नहरूकाे खाेजी सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।