शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित पक्राउ  

बुधबार, भाद्र १ २०७९

काठमाडौं – काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका–९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।