शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी कपनबाट पक्राउ

मंगलबार, साउन ३१ २०७९

काठमाडौं : बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ काठमाडौंको कपनबाट पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौंको जिल्लाको कामनपा २३ स्थायी घर भई हाल कामनपा वडा नं १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्ेश्यीय सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी रामेश्वर श्रेष्ठलाई सोमबार काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।

प्रतिवादी श्रेष्ठ समेतले ज्योति बिकास बैक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्धामा प्रतिवादी श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३० दिन कैद र १० लाख रुपैंयाँ जरिवाना हुने ठहर गरेको थियो ।

सो पश्चात फरार रहेका श्रेष्ठलाई सिआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले साउन ३० गते अर्थात आज सोमबार काठमाडौंको कपनबाट पक्राउ गरेको सिआईबीको भनाई छ ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पठाईएको सोही दिन अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको छ ।