काठमाडौं : बैकिङ कसुर मुद्धामा फरार रहेका प्रतिवादी छत्र बहादुर रोक्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनले बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं ३ बसुन्धारा बस्दै आएका क्षेत्रीलाई बुधबार पक्राउ गरेको जानकारी दिएको छ ।
जग्गा पास गरिदिन्छु भनि बैना रकम बुझिलिई जग्गा पास गर्न नसकेपछि आफ्नो बैना वापतको रकम फिर्ता गर्न ४० लाख रुपैंयाँ मात्रको चेक दिएकोमा पर्याप्त रकम नभई चेक बाउन्स भएको बैंकिङ कसुर सम्वन्धी मुद्धामा फरार रहेका ५२ बर्षिय क्षेत्रीलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बिहिबार अन्दाजी सात बजेको समयमा बसुन्धारा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका क्षेत्रलाई बैंकिङ कसुर मुद्धामा आवस्यक कारवाहीको लागि प्रहरी बृत नयाँ बानेश्वर पठाईएको छ ।