बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१८ अंकले बढ्यो नेप्से

सोमबार, साउन २ २०७९

दुई वटा समुहले गुमाउँदा ११ वटा समुहले कमाए

 काठमाडौं,नेप्से पुन बढेको छ । अघिल्लो दिन दुई अंकले बढेको नेप्से आज सोमबार पुन १८ दशमलव तीन अंकले बढेर दुई हजार २९ दशमलव ४३ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ८३ अंकले बढेर तीन सय ८८ दशमलव ७६ अंकमा चढेको छ । दुई सय ११ वटा कम्पनीहरुको २३ हजार तीन सय ८३ पटकको कारोबारमा ३१ लाख ४२ हजार चार सय दुई कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ३१ करोड २९ लाख ६२ हजार नौं सय ६० रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहको करोबार हुंदा ११ वटा समुहले कमाएका छन् भने दुई वटा समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव एक अंकले बढेर १३ सय ७३ दशमलव ७९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ८३ अंकले बढेर दुई हजार तीन सय ४४ दशमलव ११ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय आठ दशमलव ४९ अंकले बढेर आठ हजार ८७ दशमलव ८४ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय १७ दशमलव छ अंकले बढेर नौं हजार आठ सय २० दशमलव ४५ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहको सुचक पनि बढेका छन् । ट्रेडीङ्ग र सामुहिक लगानी कोष समुहको सुचक भने आज अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बरुण हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी इकुइटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपर शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।