बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत

शुक्रबार, असार १७ २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । 

बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । 

बैंकले ‘१०.५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ ।