शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अमेरिकालाई सैन्य गठबन्धनका लागि नभई मानवीय सहायताको लागि चिठी लेखिएको हो : प्रधानसेनापति

शुक्रबार, असार ३ २०७९

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई सैन्य गठबन्धनका लागि नभई मानवीय सहायताको लागि चिठी लेखेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको बताएका हुन् ।

साथै एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको उनले प्रष्टाए ।

उनले २०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न चिठी लेखेको बताए ।

२७ अक्टोबर २०१५ मा लेखेको बताउँदै उनले भने, ‘भूकम्प आएको बेला २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन ।’

प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि दिए ।

सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको भन्दै बिहीबार पत्र सार्वजनिक भएको थियो । तर एसपीपीमा भाग सहभागी हुन कुनै सम्झौता नगरेको उनले स्पष्ट पारे ।

साथै हालै सार्वजनिक भएको १० बुँदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाइ छ ।