शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एसपीपीबारे जवाफ दिन प्रधानसेनापति शर्मा संसदीय समितिमा 

शुक्रबार, असार ३ २०७९

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिंहदरवार पुगेका छन् ।

अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छलफल गर्न सिंहदरवार पुगेका हुन् ।

बिहान ९ बजेदेखि सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ ।

बैठकमा नेपालको परराष्ट्र नीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमण, समितिको वार्षिक प्रतिवेदन र विविध विषयमा छलफल हुने एजेन्डा रहेका छन् ।

नेपाली राजनीतिमा एसपीपीबारे विवाद उठेपछि यसबारेमा बिभिन्न कोणबाट टिका टिप्पणी भईरहेको छ। 

यसअघि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले एसपीपी कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै सन् २०१५ मा काठमाण्डूस्थित अमेरिकी राजदूतलाई लेखेको पत्र सार्वजनिक भएको छ।

नेपाली सेनाले उक्त पत्रको आधिकारिकता पुष्टि गर्दै त्यो एउटा विशेष परिस्थितिमा लेखिएको जनाएको छ।

नेपाली सेनाले  उक्त पत्र विनाशकारी भूकम्पपछिको पृष्ठभूमीमा विपद्पछिको प्रतिकार्यमा सहयोग लिने उद्देश्यले लेखिएको र कुनै सैन्य सम्झौता गर्ने उद्देश्य त्यसले नराखेको बताउँदै आएको छ ।