शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्री आले फेरि विवादमा, सामाजिक सञ्जालमा राजीनामाको माग 

शुक्रबार, असार ३ २०७९

काठमाडौं । पर्यटनमन्त्री मन्त्री प्रेम आले फेरि विवादमा तानिएका छन् ।

यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि बिबादमा तानिएका थिए ।

फेरि उनै मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा तानिएका हुन् । 

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ ।

मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्दै आएका छन् । 

सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ ।