बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

शुक्रबार, असार ३ २०७९

काठमाडौँ – एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको असार दुई गते बिहिबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा विशेष साधारण सभा सम्पन्न गरेको हो । 

सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मुल्यांकन दायित्य (डिडिए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको जानकारी दिएको छ ।