शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सेनाकाे एमटी गणको मेस फण्डमा प्रसुको मस्ती 

बिहिबार, असार २ २०७९

नेपाली सेनाको आपूर्ति तथा परिवहन गणका प्रसु झपटबहादुर थापाले सेनाबाट हटिसकेको मेस फण्डका नाममा अझै पनि रकम उठाएर राख्ने गरेका छन् । उनले त्यो पैसा ब्याजमा लगाउने गरेको हामीले थाहा पाएका छौं । शान्ति सेनाबाट फर्केकाहरुसँग पनि प्रसु झपटबहादुर थापाले खुसुक्क पैसा माग्ने गर्दछन् ।

मेस फण्डका नाममा महिनामा खाजाको लागि भनेर रु. ३० हजार लिने र ५ हजारभन्दा बढी खर्च नगरिकनै अरु रकम प्रसु र सु.पूर्णकुमार श्रेष्ठले बिल मिलाएर खाने गरेको हामीले थाहा पाएका छौं । उनीहरुले एमटी गणभित्र अनियमित काम गरेका छन् । विभिन्न तरिकाले पैसा उठाउने र पैसा हिनामिना गर्ने गरेका छन् ।

प्रसु झपटबहादुर थापा र पूर्णकुमार श्रेष्ठ दुबै जनाले मस्ती  गरिरहेका छन् । मेस फण्डको रकम हिनामिनाका सम्बन्धमा सत्यतथ्य छानविन गरियोस् । दोषीमाथि कारवाही होस् । –एमटी गणका जवानहरु