शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काठमाडौंको धापासीमा कारको ठक्करबाट बालकको मृत्यु 

बुधबार, असार १ २०७९

काठमाडौं । काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कारसहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।