शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसदमा प्रेम सुवालको प्रश्न:  नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमती हुन लागेको भन्ने कुरा के हो ? 

मंगलबार, जेष्ठ ३१ २०७९

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमती हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सुवालले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका मन्त्रीहरुले संसदलाई यथार्थता जानकारी गराउनुपर्ने माग गरे ।

उनले सो विषय स्पष्ट नभएसम्म प्रतिनिधि सभा बैठक अगाडी बढाउन नमिल्ने धारणा राखेका थिए ।