शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुनको मूल्यमा भारी गिरावट, कति छ आजको बजार मूल्य ?

मंगलबार, जेष्ठ ३१ २०७९

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजार ८०० ले घटेर ९७ हजार १०० रुपैयाँमा आएको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो ।   

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २४५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।