दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीलाई खवर गरेका थिए ।
राज्यमन्त्री वली आज बिहान आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एउटा घरमा प्रवेश गरेर हातपात गरेकी थिइन् ।
वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ खोइ ? भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् ।
अहिले राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो ।
बिमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो ।