बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिआईबीद्धारा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

मंगलबार, जेष्ठ ३१ २०७९

काठमाडौँ – केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई ललितपुरको भैसीपाटीबाट पक्राउ गरेको जानकारी दिएको छ । सिन्धुपाल्चोक, जुगल गाउपालिका वडा नं. ७ घर भई हाल काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ बस्ने भिम बहादुर तामाङलाई सोमबार ललितपुरको भैसीपाटीबाट पक्राउ गरिएको हो, सिआईबीले भनेको छ । 

प्रतिवादी तामाङ्ले पर्याप्त मौज्दात रकम नभएको ज्योति विकास वैंक लिमिटेड, जोरपाटी शाखामा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७७ फागुन १७ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ् कसूर मुद्दामा निज प्रतिवादीलाई सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र १८ लाख ६० हजार रुपैंयाँ जरिवाना ठहर भएको थियो ।  

सो पश्चात उक्त सजाय वेरुजू भई फरार रहेका निजलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार भैसेपाटी, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।