शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आइएमईकै सहायतामा रेमिटेन्सले ग्रामीण क्षेत्रको दुःखी जीवनलाई सुखी तुल्याएको छ : अर्थमन्त्री शर्मा

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन आइएमईले गरेको योगदानको प्रशंसा गरेका छन् ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईको २२औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानी काठमाडौँमा विशेष कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन हुण्डी कारोबार चलिरहेको बखद आइएमईले थुप्रै चुनौती पार गर्दै यहाँसम्म आइपुगेकोमा प्रशंसा समेत गरे । साथै उनले रेमिटेन्सले ग्रामीण क्षेत्रको दुखी जीवनलाई सुखी तुल्याएको बताए ।

b.JPG

अर्थमन्त्री शर्माले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायतका व्यत्तिहरूले शुभकामना मन्तब्य राखेका थिए ।

c.JPG

आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ , माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ्, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका थिए ।  कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य राखेका थिए ।

a.JPG

मन्तव्यका क्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सबै मिलेर रेमिटेन्सलाई आधिकारीक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे । उनले निजी क्षेत्र, वैदेहिक रोजगार सम्बन्धीत संस्था र सरकारवाला सबैले पहल गरेर रेमिटेन्सलाई आधिकारिक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने बताए । नेपालको लागि रेमिटेन्स बाध्यता भएको बताउँदै उनले विदेशी मुद्रा सञ्चितिमा जबसम्म अन्य स्रोतबाट बढी आम्दानी हुँदैन तबसम्म रेमिटेन्स आकर्षक माध्यमको रुपमा रहिरहने दाबी गरे । अब सरकारले रेमिटेन्सलाई थप व्यवस्थित बनाएर लैजानुपर्ने आवश्यकता देखिएको बताउँदै उनले सरकारले रेमिटेन्सबाट आएको विदेशी मुद्रालाई सकारात्मक नीति र कार्यक्रमहरु बनाएर उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

त्यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले आईएमईले विदेशी मुद्रा नेपालमा भित्र्याउने संस्कृतिमा रुपान्तरण गर्ने महत्वपूर्ण काम गरेको बताए । उनले त्यो विषयलाई उजागर गर्न सरकार हिच्किचाउनु नपर्ने समेत बताए ।  । मरासिनीले अहिले रेमिटेन्स गर्ने भन्नेबित्तिकै आईएमई गर्ने भन्ने गरिएको बताउँदै अहिले रेमिट्यान्समार्फत आएको रकम गास, बास र कपासका लागि बढी खपत भइरहेको र आगामी दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।  नेपाललाई औद्योगीकरण गर्नको लागि केही राम्रो सम्भावना भएको भन्दै उनले केही नीतिहरु परिवर्तन गर्दामात्रै पनि उद्योगको क्षेत्रमा राम्रो गर्नसकिने भनाइ राखे ।

त्यस्तै कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्समार्फत आएको रकम गास, बास र कपासका लागि बढी खपत भएकाले आगामी दिनमा उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाए । उनले मुलुकमा भित्रिएको रेमिट्यान्स पूर्वाधार निर्माण,आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि लगानी गर्ने बताए । अध्यक्ष ढकालले नेपाली श्रमीकहरुले पठाएको रेमिट्यान्सबाट आफूहरुले चन्द्रगिरी हिल्स, २७ मेगावाटको हाईड्रो पावरलाई मोडल परियोजनाको रुपमा बनाइसकेको जानकारी दिए ।

d.JPG

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आमागी आर्थिक वर्षको लागि आएको बजेटमा आएका राम्रा प्रावधानहरु समयमा नै कार्यान्वयन हुनपाए मुलुकमा औद्योगीकरणको बलियो जग खडा हुने बताए ।  उनले औद्योगीककरण गर्न आएका प्रावधान कार्यान्वयनको लागि सरकार र निजी क्षेत्र मिहेनत गरेर लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समय मुलुकले तरलता र भुक्तानी सन्तुलनको ठूलो चुनौती भोगिरहेको पनि बताए ।

अध्यक्ष अग्रवालले आगामी बजेटमार्फत सरकार ८ प्रतिशत कुल गार्हस्थ्य उत्पादन वृद्धिको लक्ष्य पूरा गर्नको लागि हजार अर्बको निजी क्षेत्रबाट लगानी गर्नुपर्ने बताउँदै हजार अर्ब लगानी गर्नको लागि निजी क्षेत्रलाई ठूलो चुनौती रहेकोसमेत उल्लेख गरे ।

आइएमईको इतिहास :

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।
तत्कालिन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पु¥याउनका लागि औपचारिक माध्यमको ठुलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ ।
व्यवसायमा स्थायित्व, कर मार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ ।

आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रुपमा आज आइएमई स्थापित भएको छ । नेपालको पहिलो रेमिटेन्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै स्वउद्यमशीलताको विकासमा अग्रडी भूमिका निर्वाह गर्दै आइरहेको छ । राज्यलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ/संस्थाबाट सम्मानित भइसकेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन् ।

आइएमईको स्थापनापछि औपचारिक संजालमार्फत आप्रवाह हुने रेमिटेन्सको मात्रा ह्यवत्तै बढेको देखिन्छ । रेमिटेन्सले देशको खास खास अप्ठ्यारा अवस्था जस्तै: भुकम्प नाकाबन्दी जस्ता समयमा महत्त्वपुर्ण भूमिका  निर्वाह गर्दै आएको छ । रेमिटेन्स आयातको मुख्य श्रोत हुनुका साथै विदेशी मुद्राको संचितिको मुख्य श्रोत पनि हो । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिटेन्स सेवाको लाभ लिई रहेका छन् । देशको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने रेमिटेन्स आप्रवाहलाई औपचारिक माध्यममा ल्याउन आजको यस विशेष अवसरमा नेपाल सरकारका हरेक प्रयासहरुमा आइएमई एक अग्रणी रेमिटेन्स सेवा प्रदायक संस्थाको रुपमा सदैव सँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्दछ ।

आइएमई लिमिटेडका बारेमा

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

‘आइएमई पे’ को बारेमा:

‘आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।  आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।