शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मृत अवस्थामा फेला

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौं: भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका–२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।