शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

१६ का वडाध्यक्षले फोहोर उठाएर खोलामा फाल्नुभएछ: मन्त्री झाँक्री

शुक्रबार, जेष्ठ २७ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको १६ नम्बर वडाका वडाध्यक्ष मुकुन्द रिजाल एकपछि अर्को क्रियाकलापले चर्चित भएका छन् ।

महानगरको कार्यपालिकाको पहिलो बैठकमा विधि र प्रक्रिया मिचिएको भन्दै रिजालले लाइभ बैठकमा प्रमुख प्रशासकीय अधिकृतको आलोचना गरेपछि उननको चर्चा निक्कै हुन थालेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रिजालले कार्यकक्षमै बनाएको टिकटकका कारण उनले अझ चर्चा बटुले ।

करिव एक महिनादेखि महानगरको फोहोर उठ्न नसकिरहेका बेला उनले आफ्नो वडाको फोहोर उठाएर चमत्कार नै देखाए । तीन दिनअघि उनले आफ्नो वडाको फोहोर आफैं उठाएको भन्दै सामाजिक सञ्जालमा फोटो हालेका थिए । 

काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको स्थानमा स्थानीयले अवरोध गरिरहेका बेला रिजालले आफ्नो वडाको फोहोर कहाँ लगेर व्यवस्थापन गरे भन्ने सर्वत्र चासो थियो ।

यसैबीच शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रिजालको कर्तुत बाहिर ल्याइदिएकी छन् ।  १६ नम्बर वडाका वडाध्यक्षले आफनो वडाको फोहोर उठाएर खोलामा थुपारेको उनले आरोप लगाएकी छन् ।

फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग सिंहदरबारमा आयोजित छलफलका क्रममा मन्त्री झाँक्रीले भनिन्ऽ ‘काठमाडौंबाट फोहोर सिसडोल नगएको धेरै भइसकेको थियो । काठमाडौको १६ नम्बरका वडा वडाध्यक्षले फोहोर उठाएको भन्नुभयो । उठाएको फोहोर कहाँ फाल्नुभयो त ? सिसडोलमा फोहोर फाल्न दिइएको थिएन । उहाँले वडाबाट फोहोर संकलन गरेर खोला किनारमा फाल्नुभएछ ।’
यसअघि वडाध्यक्ष रिजालले फोहोरलाई अल्पकालीन व्यवस्थापन गर्न लागेको दावी गरे पनि कहाँ व्यवस्थापन गर्ने भनेर खुलाएका थिएनन् ।