शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आँबुखैरेनीको सडक भासिएको ठाउँमा दुई पुरुषको शव फेला, एकको पहिचान खुल्यो

शुक्रबार, जेष्ठ २७ २०७९

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।

मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ।  

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एक जना गोरखाको  सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।  

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उनले भने, ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।’

उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।