शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एकसाता अघि नै मनसुन सुरु, धेरैजसो स्थानहरुमा मनसुनि वर्षा

सोमबार, जेष्ठ २३ २०७९

काठमाडौं । हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसका कारण हाल देशभर पूर्ण बदली रहि धेरैजसो स्थानहरुमा मनसुनि वर्षा भैरहेको छ। 

यस वर्षको मनसुन प्रणाली आइतबार का दिन नेपालको प्रदेश १ मा आगमन भएको महाशाखाले जनाएको छ। नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र नेपालको पश्चिमी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आइतबारबाटै नेपाल भित्रिएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

यसैगरी प्रदेश १ का पहाडी भूभागका एकदुई  स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।