चितवन । केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार देखाए एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिए पछि नेपाली कांग्रेस थर्कमान भएकाे छ ।
जसको पुष्टि कांग्रेसका प्रवक्ता समेत रहेका नेता प्रकाश शरण महतले आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगकाे कुराकानीमा गरे ।
उनले कांग्रेस अहंकारको बाटोमा नरहेको बताउँदै सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि बताए ।
आफ्ना कार्यकर्तामाझ प्रचण्डले राखेको कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने पनि उनले बताए ।
उनले भने, ‘उहाँले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, उनले भने, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’
जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उनले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताए ।
केही ठाउँमा अपवादबाहेक स्थानीय तहको निर्वाचनको परिणाम सकारात्मक आएको बताउँदै उनले पाँच दलीय गठबन्धनको सफल परीक्षण भएको रआउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच सहकार्य हुने विश्वास व्यक्त गरे ।