शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कतारलाई ७९ रनले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार, जेष्ठ २० २०७९

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । 

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । 

यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो । 

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार सहभागी छन् । 

नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन । 

नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।