काठमाडौँ – ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।
हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहक महानुभावहरुले उच्चतम् लाभ लिन सक्नेछन् ।
“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकहरुले आठ दशमलव तीन प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन ।
साथै, १० हजार रुपैंयाँसम्मको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ ।
ग्राहकहरुले सामान्य तया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, व्यालेन्स सर्टिफिकेट, डिम्याट एकाउन्ट, इ कर्मश एक्टिभेसिन, एबिबिएस खाताको विवरण, मेरो सेयर, कनेक्ट आईपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।
साथै, बैंकको ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा ग्राहकहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउने विश्वाश बैंकले लिएको छ । हालसम्म बैंकले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।