नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ११ का ४० बर्षिय ईन्द्रबहादुर चौधरीको निधन भएको हो ।
ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाए अनुसार विहान ६ बजेको आसपास परेको चट्याङका कारण उनको निधन भएको हो ।
विहान खेतमा गइरहेका बेला उनलाई चट्याङ लागेको थियो । चौधरीलाई उपचारका लागि बर्दघाटमा रहेको चिसापानी अस्पताल समेत लगिएको थियो । तर चिकित्सकले ८:१२ बजे उनलाई मृत घोषणा गरेका थिए ।