शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

मंगलबार, जेष्ठ १७ २०७९

अर्घाखाँची । ७ वर्षिया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् ।

बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं ७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए ।