बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रियुगाको प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी

मंगलबार, जेष्ठ १७ २०७९

उदयपुर । त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई निर्वाचित भएका छन् ।

सोमबार सार्वजनिक मत परिणामअनुसार बस्‍नेत १३ हजार ९ सय ५९ र राई १३ हजार ७ सय ३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन् ।

बस्‍नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन् ।

नेकपा (माओवादी) सँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले ९ हजार १ सय ४७ मत पाएका छन् भने उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाएकी छिन् ।