शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एसएसपी जोशीबाट ट्राफिक नियन्त्रण तालिम समापन 

मंगलबार, जेष्ठ १७ २०७९

काठमाडौँ – काठमाडौं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वधानमा १४३ औं समूह प्र.ह. प्र.ज. ट्राफिक नियन्त्रण तालिमको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आज सोमबार एक कार्यक्रमका वीच समापन भएको छ ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले  उक्त तालिमको समापन गरेका हुन् ।

तालिम समापनका अवसरमा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उरीक्षक उमेश राज जोशीले ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गई रहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक  प्रहरीसंग भएका मनविय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरि सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा सहजता ल्याउन यस तालिमले सहयोग पुग्ने बताउनु भयो ।

ट्राफिक व्यवस्थापनमा सैद्दान्तिक र व्यवहारीक सिपलेमात्र नपुग्ने भएकाले प्रशिक्षार्थिहरुले तालिम पछि पनि अझ व्यवसायिक र दक्ष हुन अध्ययन लाई निरन्तरता दिई सवारी दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनमा  सहज बनाउन निर्देशन दिए ।

२०७८।११।२९ गते देखि सुरू भएको ४५ कार्य दिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान ६९ जना गरी कुल ७७ (१२ महिला सहित) जना प्रशिक्षार्थिहरुले सफलता पूर्वक तालिम हासिल गरेको तालिम सह– संयोजक प्रहरी निरीक्षक सरोज प्रजापतिले जानकारी दिए ।