काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
सोमबार पदभार सम्हालेपछि साहले महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् ।
नगरकार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ ।
उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए ।
नवनिर्वाचित मेयर साहले आजै राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ खाएका थिए । उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ गराएका थिए ।