शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकारले भारी मात्रामा बढायो पेय पदार्थमा लाग्ने कर 

सोमबार, जेष्ठ १६ २०७९

काठमाडौं । सरकारले पेय पदार्थमा लाग्ने कर पनि भारी मात्रामा बृद्धि गरेको छ ।

सरकारले मदिरादेखि इनर्जी ड्रिक्ससम्ममा कर बढाएकाे छ । आर्थिक आदेश मार्फत बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढेको छ ।

इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ । अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ । त्यसैगरी, अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ भने सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ ।

त्यसैगरी, वाइनमा प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ कर लाग्ने बनाइएको छ । 

ह्विस्कीमा ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५९२ रुपैयाँबाट बढाएर १ हजार ७५० रुपैयाँ बनाइएको छ । 

त्यस्तै, ४२.८ प्रतिशत अल्कोहल भएको पेय पदार्थमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ कर लाग्ने व्यवस्था गरिएको छ । 

३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा भने १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ कर लाग्ने व्यवस्था गरिएको छ । 
चकलेटमा पनि कर थप
सरकारले चकलेटमा लगाउने कर थप बढाएको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।

यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ ।