शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विमान दुर्घटनास्थलमा सेना र प्रहरीको टोली पुग्यो

सोमबार, जेष्ठ १६ २०७९

पोखरा । नेपाली सेना र नेपाल प्रहरीको टोली  तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ ।

आइतबार सम्पर्कविहीन भएको विमान आज बिहान मुस्ताङको थासाङ गाउँपालिका २ मा भेटिएको थियो। 

स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु जिवित नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् ।

सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।