रोजगारीमा ३० प्रतिशले बृद्धि गर्ने, मृल्य बृद्धिलाई नियन्त्रणमा राख्ने
काठमाडौं, जेठ १५
सरकारले आगामी आर्थिक बर्ष २०७९÷८० मा मुल्य बृद्धिलाई नियन्त्रणमा राख्ने नीति लिएको छ । अर्थमन्त्री जनार्धन शर्मा प्रभाकारले संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९ / ८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट संसद भवन बानेश्वरबाट सार्वजनिक गर्दे उक्त जानकारी दिएका हुन ।
बजेट मार्फत सरकारले कृषि क्षेत्रको रुपान्तरण गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन क्षेत्रको पुनरोत्थान गर्ने, गरिबी निवारण गर्ने, मानव संशाधन बिकास गर्ने नीति लिएको छ । पुंजी निर्माण तथा औद्योगिक क्षेत्रको बिकास गर्ने नीति बजेटले लिएको छ । बजेटले निर्यातलाई दोब्बर बनाउने नीति लिएको छ । आगामी आर्थिक बर्ष बजेट मार्फत ३० प्रतिशतले रोजगारी बृद्धि गर्ने लक्ष्य योजना अघि सारेको छ ।
उत्पादनमा आधारित अर्थतन्त्रको बिकास गर्ने लक्ष लिएको छ । बजेटले मुद्रा स्फिृतीलाई नियन्त्रणमा राख्ने योजना अघि सारेको छ । कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न कोष स्थापना गर्ने लक्ष्य पनि बजेटले लिएको छ ।