शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

आइतबार, जेष्ठ १५ २०७९

काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।