शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लुम्बिनी बिकास बैंकद्धारा एकै दिन थप नयाँ ३ शाखा कार्यालयहरुको उद्घाटन

शनिबार, जेष्ठ १४ २०७९

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले यही जठ १२ गते अर्थात बिहिबार थप तीन वटा शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८४ औँ शाखाको रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बाणी शाखा, ८५ औँ शाखाको रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ स्थित लम्की  शाखा र ८६ औँ शाखाको रुपमा कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका वडा नं. ७  स्थित मसुरिया शाखा  रहेका छन् ।

बैंकका अनुसार बाणी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमु हेमराज ओझाले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्की चुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्तरुपमा गरेका हुन् । साथै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशब खतिवडा र गौरीगङ्गा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देविदत्त कँडेलले संयुक्तरुपमा गरेका हुन् । 

देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको बैंकले थप तीन वटा नयाँ शाखाहरुको उद्घाटन भएसंगै सुदुरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिती भएको छ । बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।