स्थानिय तहको निर्वाचन सम्पन्न भएपछी यतिबेला दोलखामा जिल्ला समन्वय समिति जिल्ला समन्वय समिति प्रमुख कसलाई बनाउने भन्ने चर्चा चलेको छ। त्यसो त खास गरि ३ दलिय गठबन्धनको पुर्व लिखित सम्झौता अनुसार भने माओबादी केन्द्रको भागमा परेको छ।
माओबादी केन्द्र भित्र भने जिल्ला समन्वय समितिको प्रमुखको उक्त जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भैसकेको भने छैन तर दोलखा जिल्लामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । गत स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले दोस्रो बन्दा नेकपा माओवादी तेस्रो बन्न पुगेको छ भने जिल्ला समन्वय समिति माओबादी केन्द्रको भागमा रहेको कुरा सुनुवाइमा आएको छ भने यहि चर्चा चलिरहेकै बेला तामाकोसी गाउँपालिका अन्तर्गत रहेको साबिक वड.न ६ बाट निर्बाचित नेत्र ब.के.सी (चे) आफु जिल्ला समन्वय समितिको अध्यक्ष बन्ने दाउमा दौड धुप गरिरहेका छन् भने उनलाई पार्टी को बागमती प्रदेश कमिटी र गठबन्दनका दलहरु बाट समेत समर्थन रहेको र पार्टीको हकमा आफू भब्दा सिनियर नेता वडामा चुनाव लडेर जिल्ला समन्वय मा आउने इच्छा कुनैपनि नेता तथा कर्येकर्ताले नराखेको र हाल सम्म नआएको दोलखा जिल्ला अन्तर्गतको जिल्लासमन्वय प्रमुख दोलखा माओवादी को भागमा रहेको र प्रदेश स्तरमै पनि नेत चे लसि जिम्मेवारी दिनेकुरा सहमती सम्म भएकोपनि नेता चे ले बताउनु भएको छ।हालै सम्पन्न स्थानीय निर्बचनमा पनि उनि निर्बाचित जन-प्रतिनिधि बएको र उनि पलिकाकै उत्कृष्ट र अबल सथै बुद्धिजीवी जनप्रतिनिधिको रुपमा समेत परिचित भएको कुर बताएका छन त्यससँगै उनी जिल्ला समन्वय समिती प्रमुख हुने दाउमा छन् ।
नेता चे मा जिल्ला का सबै भु-भागको बारेमा राम्रो ज्ञान र केन्द्रिय स्काउट तथा संस्थागत अनुभव हुनुका साथै उनलाइ जिल्ला समन्वयसमितिमा ल्याउनपर्छ भनेर सबै दलहरुले सहमती गर्नुका साथै पार्टी को जिल्ला नेतृत्व ले पनि वडा सदस्य लड्न आग्रह गरेको वताए। यहि कारण उनी वडामा र वडाको हकमा पालिकाकै सबैभन्दा उत्कृष्ट मत ल्याइ बिजय घोषणा समेत भैसकेको अवस्थामा अब भने कुनैपनी हालतमा जिल्लासमन्वय प्रमुख आफुले पाउनु पर्नेमा नेता नेत्र बहादुर केशि चे वताए ।
आफु एक कुशल लिडर क्षमतावान हक्की स्वभाबको धनी संघ-संगै पार्टी मा जनयुद्ध काल देखिनै क्षेत्रीय सदस्य ,हुँदै सान्तीप्रक्रियामा जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला कार्यलयमा कोर टिम भित्र परेको युवा नेतृत्व का रूपमा समेत परिचित छन्। भने उनी तामाकोसी गाउँ पालिका को नेतृत्व र बुद्धिजीवी सगठन र युबा को नेतृत्व सम्हालेका एक होनहार युवा दोलखा वाई सि एल युवा को केन्द्रिय नेतृत्व सम्हाल्दै भाईचारा तथा संग्ठन विस्तारमा पनि एकेडेमीक कामको जिम्मेवारी पाउने सन्तोष केसि (चे) लाई जिल्ला समन्वय चलाउन अब्बल क्षमता रहेको दावी समेत गरेका छन् ।