काठमाडौँ – रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
खाँणले २४ हजार ३९६ मत प्राप्त गरेका छन् । चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन् । कांग्रेस रूपन्देही जिल्ला सभापति समेत रहेका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । उपमेयरमा एमालेकी जागेश्वरीदेबी चौधरी बिजयी भएकी छन् ।
उनले २३ हजार ८६ मत प्राप्त गरिन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे।चौधरी यसअघि पनि उपमेयर थिइन् । तिलोत्तमाका १७ वटा वडामध्ये ९ वटा वडाअध्यक्षमा काँग्रेस र ८ वटा वडामा एमालेले जितेको छ ।